असोज ३० गते २०८३ || October 16, 2026

नेपालमा चट्याङको उच्च जोखिम, बर्सेनि करिब १०० को मृत्यु


आइतबार, फागुन २८ २०७९०७:४७

नेपालमा चट्याङको उच्च जोखिम, बर्सेनि करिब १०० को मृत्यु

काठमाडौँ - राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकका अनुसार विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना भए।  ती घटनामा परी ८० को मृत्यु भयो, २ सय २ घाइते भए।  ३ सय ५३ परिवार प्रभावित हुँदा करोडौंको क्षति भयो ।  विज्ञ भन्छन्, ‘हाम्रो जस्तो सानो मुलुकमा यो ठूलो क्षति हो । ’ पछिल्लो समय नेपालमा चट्याङका घटना बढेका छन् ।  विगत ११ वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक वर्ष सरदरमा मृत्यु हुनेको संख्या सयनजिक छ ।  

भौगोलिक अवस्थितिका कारण चट्याङको दृष्टिले संसारकै तीन उच्च जोखिमयुक्त क्षेत्रमध्ये नेपाल पनि पर्छ।  चट्याङका घटना प्राकृतिक विपद्मा पर्ने भए पनि यसबाट जोगिन अपनाउनुपर्ने सावधानीमा ध्यान नदिँदा मृत्यु र घाइते हुनेको संख्या बढेको चट्याङविज्ञ डा। श्रीराम शर्मा बताउँछन्।  उनले सन् २०२१ मा ‘चट्याङको जोखिम र मानिसमा परेको प्रभाव’ का बारेमा अध्ययन नै गरेका थिए।  उक्त अध्ययनमा नेपालमा चट्याङका घटनाका कारण हुने क्षति बढ्दै गएको देखिएको शर्मा बताउँछन्।  भन्छन्, ‘प्रत्येक डिग्री तापक्रम बढ्दा १० देखि १२ प्रतिशत चट्याङको जोखिम बढ्छ।  तर, त्यसको सुनिश्चित आधारहरू भने छैनन्।  यो जलवायु परिवर्तनसँग पनि जोडिने भएकाले पछिल्लो समय जलवायु परिवर्तनसँगै चट्याङको घटना पनि बढेको छ। ’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


  • सम्बन्धित विषय:

  • # नेपालमा चट्याङको उच्च जोखिम, बर्सेनि करिब १०० को मृत्यु


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend