कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रपति रामचन्द्र पौडेललाई चीनको बधाइ


पिपल अनलाइन
मंगलबार, फागुन ३० २०७९०६:५६

राष्ट्रपति रामचन्द्र पौडेललाई चीनको बधाइ

काठमाण्डौँ - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले बधाइ दिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकामा पौडेललाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गरे ।

राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहण गरेका हुन्। सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उनले पदभार सम्हालेका हुन् ।
उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका थिए। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 
निर्वाचित भएपछि सोमबार उनले पदभार सम्हालेका छन् ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रामचन्द्र पौडेललाई चीनको बधाइ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend