असोज ३० गते २०८३ || October 16, 2026

युएईलाई पीएनजीको दुई सय ३५ रनको लक्ष्य


बुधबार, चैत १ २०७९०३:३९

युएईलाई पीएनजीको दुई सय ३५ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले जितका लागि संयुक्त अरब इमिरेट्स (युएई) लाई दुई सय ३५ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ३४ रन बनाएको हो । पीएनजीका लागि कप्तान असद भालाले ६५ रन बतएका छन्। 
यस्तै नर्मन भानुवाले अविजित ४९, राईली हेरुकेले अविजित ३३, किप्लिन डोरिगाले २४, चाल्र्स अमिनीले २२ र गौडी टोकाले १५ बनाउनुभयो । बसिलङमा युएईका हर्जत बिलालले चार विकेट लीएका छन्  ।
जावर फरिद र रोहन मुस्ताफाले एक एक विकेट झारेका छन्  । विश्वकप छनोटबाट बाहिरिएको पीएनजी आजको खेल जित्दै लिगको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । यस्तै युएई आजको खेल जितेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जीवित राख्ने अभियानमा छ । युएईले अन्तिम खेल बिहीबार नेपालसँग खेल्दैछ ।
 
यस सिरिजमा ३५ खेल सकेको पीएनजी ११ अङ्कसहित तालिकाको अन्तिममा छ । ३४ खेलबाट ३१ अङ्क बनाएको युएई छैटौं स्थानमा छ । नेपाल ३५ खेलबाट ३८ अङ्क जोड्दै चौथो स्थानमा छ । 


  • सम्बन्धित विषय:

  • # समाचार


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend