असोज २९ गते २०८३ || October 15, 2026

नदी प्रदूषण हुदा र्‍याफ्टिङ व्यवसाय धराप बन्दै।


शुक्रबार, चैत ३ २०७९१०:४६

नदी प्रदूषण हुदा र्‍याफ्टिङ व्यवसाय धराप  बन्दै।

दुई दशक अगाडिसम्म त्रिशूली नदीमा र्‍याफ्टिङ गर्न पालो पाउन मुस्किल हुने समय थियो । सशस्त्र द्वन्द्वपछि बिस्तारै ओरालो लागेको यस क्षेत्रको आकर्षक सामान्य उत्साह भन्दा बाहेक राम्रो सुधार हुन सकेन । 

र्‍याफ्टिङको लागि प्रख्यात नदीहरूमा हुने प्रदूषण, नेपालमा विदेशीको पर्यटकको संख्यामा कमी आएसँगै यस क्षेत्रमा आबद्ध भएका पर्यटन व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् । २०६२÷०६३ को जनआन्दोलनपछि आएको परिवर्तनले स्थानीय स्रोत साधनको अधिकार स्थानीय सरकारलाई दिएपछि नदीको दोहन अझ वृद्धि भएर गएपछि  र्‍याफ्टिङ क्षेत्रले झन् समस्या झेल्दै आएको छ । 

स्थानीय तहले अधिकार पाएपछि कमाउने प्रमुख स्रोतको रूपमा नदीको बालुवा गिटी मानेपछि त्यसको कारण नदी प्रदूषण हुन पुगेको छ । 

 र्‍याफ्टिङका लागि नेपालमा नदीहरूमा प्रमुख त्रिशूली, भोटेकोसी, कालिगण्डकी, सेती, सुनकोसी लगायतको नदी प्रख्यात छ ।  साहसिक खेलहरू मध्य सबैभन्दा धेरै रुचाइएको  र्‍याफ्टिङ गर्नका लागि विदेशीहरू नेपाल आउने गरेका थिए । प्रकृतिसँग रमाउँदै दिनभरि  र्‍याफ्टिङ गर्ने, नदी किनारमा पकाएर खाने, शान्त वातावरण बस्ने विदेशीको हुने गरेकाले यस क्षेत्र आकर्षित थियो । 

तर अहिले नदी प्रदूषण हुने, विदेशी पर्यटकलाई नेपाल सुरक्षित छ घुम्न जानु पर्छ भनेर ल्याउने वातावरण नबनाउँदा  र्‍याफ्टिङ क्षेत्रबाट उठ्ने राजश्व समेत राज्यले गुमाउँदै गएको छ  यस क्षेत्रमा लागेका गाइड तथा प्राविधिकहरू रोजगारीको लागि विदेश पलाएन भएका छन् । 

नदी जन्य पर्यटन गतिविधिलाई जोड दिएमा विदेशी पर्यटक भित्राउन सकिने सम्भावना प्रशस्त रहेको 
साहसिक  र्‍याफ्टिङ गतिविधिहरूको लागि राज्यले १६ नदीहरू छुट्टाइएको छ । 

 र्‍याफ्टिङ एजेन्सी नाडाले विदेशी पर्यटक नेपाल भित्राउनको लागि अमेरिका, युरोपका देशहरू, अस्ट्रेलिया, जापानलगायतमा गैर आवासीय नेपाली सङ्घ मार्फत व्यापक प्रचारप्रसार गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै गरी किनारसम्म पुग्ने सडक, शौचालय, लाइफ गार्ड आदि न्यूनतम आवश्यकता पुर्याउन सकेमा पनि पर्यटकको संख्या वृद्धि हुने  भनाइ रहेको छ ।  र्‍याफ्टिङका लागि ८० मिटरदेखि १२ सय मिटरसम्मको उचाइमा राम्रो मानिन्छ  ।  

 र्‍याफ्टिङका लागि ८० मिटरदेखि १२ सय मिटरसम्मको उचाइमा राम्रो मानिन्छ
‘नारायणी नदीको संरक्षणका लागि यहाँ मात्र काम गरेर हुँदैन यसको मुहान र बगेर आउने विभिन्न स्थानमा हुने विनाश र प्रदूषणलाई रोक्नु जरुरी छ । 

 

 


  • सम्बन्धित विषय:

  • # ब्यबसाय
  • # धराप


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend