कात्तिक १ गते २०८३ || October 17, 2026

इक्वेडरमा शक्तिशाली भूकम्प : कम्तीमा १२ जनाको मृत्यु


पिपल अनलाइन
आइतबार, चैत ५ २०७९०९:२५

इक्वेडरमा शक्तिशाली भूकम्प :  कम्तीमा १२ जनाको मृत्यु

एजेन्सी - इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार दिउँसो गएको ६.७ म्याग्निच्युडको भूकम्पपछि धेरै शहरहरूमा भवनहरू क्षतिग्रस्त भएका छन्। भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट करिब ५० माइल पर बालाओ नजिक थियो, जहाँ करिब तीस लाख मानिस बस्छन् ।

दक्षिणी प्रान्त एल ओरो सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ मानिसहरू भत्किएका घरहरूमा फसेका मानिसको उद्धारको लागि आपतकालीन सेवाहरूले काम गरिरहेका छन्। एघार जनाको मृत्यु एल ओरो अजुए प्रान्तमा भएको अधिकारीहरूले बताएका छन्।


  • सम्बन्धित विषय:

  • # इक्वेडरमा शक्तिशाली भूकम्पस् कम्तीमा १२ जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend