असोज ३० गते २०८३ || October 16, 2026

आज घोडेजात्रा मनाईँदै, काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा !


पिपल अनलाइन
मंगलबार, चैत ७ २०७९०७:१५

आज घोडेजात्रा मनाईँदै, काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा !

काठमाण्डौँ - आज घोडे जात्रा । बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडैजात्रा मनाउने प्रचलन छ ।

चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ। परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे। यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो । 

चैत कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई बुझाइने र नजानेलाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले जानकारी दिए ।

ुविशेषगरी बालबालिकालाई किचकन्या, मुर्कट्टा आदि नामका नकारात्मक तत्वले दुःख नदिऊन् भनी यो पर्वमा सहरभर घोडा कुदाउने गरिन्थ्यो, घना बस्ती विस्तार भएपछि हाल टुँडिखेलमा मात्र कुदाउन थालिएको छ,ु उनले भने।

पहिले भूत, प्रेत आदि नकारात्मक तत्वका कारण कालिमाटी क्षेत्रका मानिससमेत स्युचाटारको कुनामा जग्गा लिएर बस्ने गरेको काठमाडौंवासी बताउँछन् ।

घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन छ। सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ। सो अवसरमा राष्ट्रपति,  उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका  अध्यक्ष, मन्त्रिगणलगायत विशिष्ट महानुभावको सहभागिता हुनेछ । 

घोडेजात्रामा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका लागि १०, अश्वकलाका लागि ४६ र दौड विशेषका लागि पानी १० वटा घोडा रहेको निर्देशनालयले जनाएको छ । घोडेजात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा दिने गरेको छ । 


  • सम्बन्धित विषय:

  • # आज घोडेजात्रा मनाईँदै, काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend