कात्तिक २ गते २०८३ || October 18, 2026

पूर्व गोर्खाली सैनिकलाई देशनिकाला गर्ने निर्णय बेलायतले तत्काललाई रोक्यो


पिपल अनलाइन
शनिबार, चैत २५ २०७९०१:५८

पूर्व गोर्खाली सैनिकलाई देशनिकाला गर्ने निर्णय बेलायतले तत्काललाई रोक्यो

 काठमाडौँ - बेलायतबाट निष्कासन गर्ने निर्णय गरिएका १३ भूतपूर्व गोरखा सैनिकको मुद्दामा बेलायत सरकारले पुनर्विचार गर्ने जनाएको छ । यी सबै पूर्व सैनिक अफगानिस्तानबाट बचाएर बेलायत ल्याइएका हुन् ।

यी पूर्व सैनिक अफगानिस्तानस्थित बेलायती दूतावासमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए । तर, काबुलमा तालिवानको शासन आएपछि उद्धारकर्ताहरूले उनीहरूलाई बेलायत लगे। अहिले उनीहरु सबै लण्डनमा काम गरिरहेका छन् । तर गत साता ती व्यक्तिलाई अचानक हिरासतमा लिएर नेपाल वा भारत फिर्ता पठाइने बताइयो ।

बेलायतको गृह मन्त्रालयले तत्कालका लागि यी व्यक्तिहरूलाई बेलायतबाट बाहिर निकाल्ने निर्णयमा ‘रोक’ लगाइएको जनाएको छ। यी १३ जनालाई बेलायतमा बस्ने कानूनी अधिकार रहेको यी सैनिकका वकिलहरूले बताएका छन् । यी नेपाली र भारतीय नागरिकको उमेर ३७ देखि ६० वर्षसम्म रहेको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # पूर्व गोर्खाली सैनिकलाई देशनिकाला गर्ने निर्णय बेलायतले तत्काललाई रोक्यो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend