मंसिर १४ गते २०८३ || November 29, 2026

कोरोना सङ्क्रमित दैनिक बढ्दै : तयारी अवस्थामा रहन अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन


बुधबार, चैत २९ २०७९०२:१२

कोरोना सङ्क्रमित दैनिक बढ्दै : तयारी अवस्थामा रहन अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

 काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिक कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।

भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए ।

मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । 

बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष आइसियुमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।  


  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमित दैनिक बढ्दै : तयारी अवस्थामा रहन अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend