असोज ३० गते २०८३ || October 16, 2026

घाइते जेनजीका लागि हेल्पडेस्क को स्थापना


सोमबार, मंसिर ८ २०८२०५:०३

घाइते जेनजीका लागि  हेल्पडेस्क को  स्थापना

सरकारले जेनजी आन्दोलनका घाइतेहरूको उपचार र सहजीकरणका लागि विशेष 'हेल्पडेस्क' स्थापना गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले घाइतेहरूको उपचार प्रबन्धलाई सहज बनाउन हेल्पडेस्क सञ्चालन गर्ने निर्णय गरेको शिक्षामन्त्री महावीर पुनले जानकारी दिएका छन्  ।

हेल्पडेस्क चार महिनासम्म सञ्चालनमा रहनेछ । हेल्पडेस्कमा काम गर्नका लागि १० जना स्वयंसेवक खटाइनेछ । स्वयंसेवकहरूलाई मासिक १५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend