असोज २९ गते २०८३ || October 15, 2026

रासायनिक कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु


शुक्रबार, मंसिर ५ २०८२०३:३०

रासायनिक कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

 पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको एक आवासीय इलाकामा शुक्रबार बिहान रासायनिक कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । दर्जनौँ मानिस घाइते भएका छन् । औद्योगिक सहर फैसलाबादमा स्थानीय समयानुसार बिहान करिब ५ः३० बजे विस्फोट भएको थियो । विस्फोटका कारण ठूलो आगो लागेको भनिएको  छ ।

विस्फोटको प्रभावले नजिकैका धेरै घरका भित्ता र छाना ढलेका  छन्  ।  मृतक तथा घाइतेमा धेरैजसो त्यस्ता घरका बासिन्दा रहेका भनिएको छ । घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । धेरैको अवस्था गम्भीर छ ।  कारखानाभित्र अझै थुप्रै मानिस फसेका हुन सक्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend