असोज २९ गते २०८३ || October 15, 2026

बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह


बिहीबार , पुस १७ २०८२०२:४२

बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन अनुरोध गरेको छ ।

मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ्या शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन अनुरोध गरेको हो ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न शहरी क्षेत्रमा वायु प्रदूषण खतरनाक तहसम्म पुगेको भन्दै मन्त्रालयले यस्तो अनुरोध गरेको हो । केन्द्रले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।

“केही दिन यता काठमाडौँ उपत्यका लगायत देशका विभिन्न शहरी क्षेत्रमा वायु प्रदुषण खतराजनक तहसम्म पुगेको छ ।  त्यसैले अत्यावश्यक काम  बाहेक घर बाहिर ननिस्कौँ घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कौँ ।”  केन्द्रलेजारी गरेको सूचनामा उल्लेख छ ।

 अत्यधिक वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, टाउको दुख्ने तथा दीर्घकालीन स्वास्थ्य जोखिम बढ्ने चिकित्सकले बताएका छन्  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend