असोज ३० गते २०८३ || October 16, 2026

ए डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेलहरु हुँदै 


पिपल अनलाइन
शनिबार, वैशाख २ २०८००७:०२

ए डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेलहरु हुँदै 

 काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवौँ चरणका खेल सुरु हुँदैछ। शनिबार तीन खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

च्यासल मैदानमा हुने पहिलो खेलमा मनाङ मस्र्याङ्दी र जावालाखेल तथा दशरथ रंगशालामा सोही समयमा हुने अर्को खेलमा मच्छिन्द्र फुुटबल क्लबले र न्यूरोड टिम एनआरटीको सामना गर्नेछ। साँझ पौने ६ बजे दशरथ रंगाशालामा  हुने खेलमा त्रिभुवन आर्मी  र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । 

जारी लिगमा १६ अंकसहित सातदोबाटो शीर्ष स्थानमा छ ।  १५ अंकको मनाङ दोस्रो तथा १४ अंकको चर्च ब्वाइज तेस्रो स्थानमा छ। ​लिगको पुछारमा रहने दुई टोली स्वतः बी डिभिजनमा घटुवा हुने छ ।


  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिगमा आजदेखि नवौँ चरणका खेलहरु हुँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend