असोज ३० गते २०८३ || October 16, 2026

वैशाख ११ देखि पूर्णखोप सुनिश्चितताका लागि खोप सप्ताह मनाइने


पिपल अनलाइन
आइतबार, वैशाख ३ २०८००७:१७

वैशाख ११ देखि पूर्णखोप सुनिश्चितताका लागि खोप सप्ताह मनाइने

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।

लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । 

विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि सबै बालबालिका खोप दिइने निर्देशक लालले बताए । 

 


  • सम्बन्धित विषय:

  • # वैशाख ११ देखि पूर्णखोप सुनिश्चितताका लागि खोप सप्ताह मनाइने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend