असोज ३० गते २०८३ || October 16, 2026

इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै


पिपल अनलाइन
शनिबार, वैशाख ९ २०८००७:४३

इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै

काठमाण्डौँ - इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । यो पर्वका लागि मुसलमान समुदायले एक महिना व्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता मानिन्छ ।


  • सम्बन्धित विषय:

  • # इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend