असोज ३० गते २०८३ || October 16, 2026

नेपालमा कोरोना संक्रमित ७८ जना थपिए : एक जनाको मृत्यु, सक्रिय संक्रमित कति ? 


पिपल अनलाइन
शनिबार, वैशाख ९ २०८००५:०३

नेपालमा कोरोना संक्रमित ७८ जना थपिए : एक जनाको मृत्यु, सक्रिय संक्रमित कति ? 

काठमाडौँ - शनिबार देशभर ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै शनिबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोही अवधिमार ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।  हाल ३८३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # नेपालमा कोरोना संक्रमित ७८ जना थपिए : एक जनाको मृत्यु, सक्रिय संक्रमित कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend