असोज ३० गते २०८३ || October 16, 2026

नेपालमा थप ८१ जनामा कोरोना सङ्क्रमण, कति छन् आईसीयु र भेन्टिलेटरमा ?


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००५:१४

नेपालमा थप ८१ जनामा कोरोना सङ्क्रमण, कति छन् आईसीयु र भेन्टिलेटरमा ?

काठमाण्डौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३०६ जनाको स्वाब परीक्षण गर्दा ८१ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एन्टिजेन परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ७८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ५४ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७० जना छ । सक्रिय सङ्क्रमितमध्ये २२ जना आइसोलेसन, ३ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 


  • सम्बन्धित विषय:

  • # नेपालमा थप ८१ जनामा कोरोना सङ्क्रमण, कति छन् आईसीयु र भेन्टिलेटरमा ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend