असोज ३० गते २०८३ || October 16, 2026

एसीसी प्रिमियर कप : वर्षाको कारण खेल रद्द, एक खेल अगावै नेपाल सेमिफाइनलमा !


पिपल अनलाइन
सोमबार, वैशाख ११ २०८००२:१३

एसीसी प्रिमियर कप : वर्षाको कारण खेल रद्द, एक खेल अगावै नेपाल सेमिफाइनलमा !

काठमाडौँ - साउदी अरेबियाविरुद्धको खेल वर्षाको कारण रद्द हुँदा नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। यससँगै नेपाल र साउदी अरेबियाले अंक बाँडेका हुन् ।

आइतबारदेखि लगातारको खण्डित वर्षाले सोमबार मूलपानी क्रिकेट मैदान प्रभावित भएसँगै खेल हुन नसक्दा नेपाल र अरेबियाले १–१ अंकमा चित्त बुझाउनुपर्‍यो । साढे १० बजे पानी रोकिएपछि खेलको लागि मैदान तयार पारिएको थियो । तथापि, साढे ११ मा वर्षा पुनस् सुचारु भएसँगै मैदानलाई फेरि कभर गरिएको थियो ।


  • सम्बन्धित विषय:

  • # एसीसी प्रिमियर कप : वर्षाको कारण खेल रद्द, एक खेल अगावै नेपाल सेमिफाइनलमा !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend