असोज ३० गते २०८३ || October 16, 2026

अदुवाको निर्यात १०५ प्रतिशतले वृद्धि


पिपल अनलाइन
शनिबार, वैशाख १६ २०८००८:१३

अदुवाको निर्यात १०५ प्रतिशतले वृद्धि

काठमाडौँ - तुलनात्मक लाभको वस्तुका रूपमा प्रवर्द्धन भइरहेको अदुवाको निर्यात १०५ प्रतिशतले बढेको छ । छिमेकी मुलुक भारतमा माग बढ्दै गएपछि अदुवा निर्यातमा वृद्धि भएको हो । अन्य वस्तुको निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अदुवा निर्यात भने दोब्बरले बढेको हो ।

व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा अदुवा निर्यात १०५ प्रतिशतले बढेर आठ अर्ब ५३ करोड २३ लाख एक हजार रुपियाँ बराबरको एक करोड ९१ लाख ४७ हजार ८३० केजी अदुवा निर्यात भएको हो । गत वर्ष सो अवधिमा चार अर्ब १६ करोड ८४ हजार रुपियाँ बराबरको ७३ लाख १८ हजार ३५ किलो अदुवा निर्यात भएको थियो । केन्द्रका अनुसार आर्थिक वर्ष २०७८र७९ मा छ अर्ब ४१ करोड ४५ लाख छ हजार रुपियाँ बराबरको एक करोड १९ लाख ५८ हजार ८९३ किलो अदुवा निर्यात भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७र७८ मा २१ हजार ९१२ हेक्टर क्षेत्रफलमा दुई लाख ७९ हजार २०६ मेट्रिक टन अदुवा उत्पादन भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


  • सम्बन्धित विषय:

  • # अदुवाको निर्यात १०५ प्रतिशतले वृद्धि
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend