असोज ३० गते २०८३ || October 16, 2026

भारतको एक पसलमा ग्याँस चुहिंदा ९ जनाको मृत्यु, ११ घाइते


पिपल अनलाइन
आइतबार, वैशाख १७ २०८०१२:३३

भारतको एक पसलमा ग्याँस चुहिंदा ९ जनाको मृत्यु, ११ घाइते

 काठमाण्डौँ - भारतको पञ्जामा एउटा पसलमा ग्याँस चुहिंदा करिब ९ जनाको मृत्यु भएको छ ।

सोही घटनामा ११ जना घाइते भएका हुन् । पञ्जाब, लुधियानाको ग्याँसपुरा क्षेत्रमा रहेको पसलबाट चुहिएको ग्याँसका कारण ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइते भएका ११ जनालाई अस्पताल भर्ना गरिएको त्यहाँको प्रहरीले बताएको हो ।

अस्पताल भर्ना गरिएकाहरु बेहोस अवस्थामा रहेको जनाइएको छ । प्रहरीले घटनास्थल वरपरको ३ सय मिटर क्षेत्रलाई घेरा हालेको छ । मेडिकल टिमसहित पुगेको सुरक्षाकर्मीको टोलीले मानिसहरुलाई उद्धार गरेको छ ।


  • सम्बन्धित विषय:

  • # भारतको एक पसलमा ग्याँस चुहिंदा ९ जनाको मृत्यु, ११ घाइते
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend