असोज ३० गते २०८३ || October 16, 2026

एसीसी प्रिमियर कप : फाइनलमा आज नेपाल-युएई भिड्दै


पिपल अनलाइन
सोमबार, वैशाख १८ २०८००६:४१

एसीसी प्रिमियर कप : फाइनलमा आज नेपाल-युएई भिड्दै

काठमाडौँ - एसीसी प्रिमियर कपको उपाधिका लागि आज नेपाल र युएई भिड्दैछन् ।

बिहान ९ बजे नेपाल र यूएईबीच कीर्तिपुरस्थित टीयू मैदानमा खेल हुने तालिका छ । तर, वर्षाले खेल प्रभावित हुने सक्ने सभावना रहेको छ । तेस्रो स्थानका लागि हिजो भएको खेल पनि वर्षाले प्रभावित भयो। तस्रो स्थानका लागि ओमान र कुवेतबीच खेल हुने तालिका थियो तर वर्षाले खेल प्रभावित भयो र ओमान वरीयताका आधारमा कुवेतलाई पछि पार्दै तेस्रो बन्यो। यो नतिजापछि ओमान एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भयो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै मौसम बदली भई मध्यान्ह १२ बजेदेखि मेघगजर्नसहित पानी पर्ने सम्भावना रहेको छ ।  आज खेल हुन नसकेमा मंगलबारलाई वैकल्पिक दिन राखिएको छ ।

फाइनलमा पानी परेर पूरै ओभर खेल्न नसक्ने अवस्था भएमा सुपर ओभर खेलाइनेछ। सुपर ओभर पनि खेल्ने अवस्था नरहे ओडीआई वरीयतामा यूएईभन्दा अघि रहेको नेपालले एसिया कपमा स्थान बनाउनेछ। नेपाल वरीयताको १४औं स्थानमा छ भने यूएई, नेपालभन्दा ५ स्थान तल छ ।

उपाधि जित्ने टोलीले, एसिया कपमा सिधै भारत र पाकिस्तान रहेको समूह–ए मा स्थान बनाउनेछ। समूह–बी मा श्रीलंका, अफनिस्तान र बंगलादेश छन् । दुवै समूहमा शीर्ष दुईमा रहने दुई टोलीले सुपर फोरमा स्थान बनाउने छन्। सुपर फोरमा पनि शीर्ष स्थानमा रहने टोलीले उपाधिका लागि भिड्नेछन् ।
एसीसी एसिया कपको १३औँ संस्करण आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।


  • सम्बन्धित विषय:

  • # एसीसी प्रिमियर कप फाइनलमा आज नेपाल-युएई भिड्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend