असोज २९ गते २०८३ || October 15, 2026

सुनको मूल्य घट्यो, चाँदी स्थिर हुँदा तोलाको कतिमा हुँदैछ कारोवार ? 


पिपल अनलाइन
सोमबार, वैशाख १८ २०८०११:४३

सुनको मूल्य घट्यो, चाँदी स्थिर हुँदा तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

आइतबार प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदी प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य स्थिर रहेर आइतबार कै मूल्यमा कारोबार भइरहेको हो ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य घट्यो, चाँदी स्थिर हुँदा तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend