कात्तिक १ गते २०८३ || October 17, 2026

एसिसी प्रिमियर कप क्रिकेट : नेपाल र यूएईबीचको बाँकी खेल आज हुँदै 


पिपल अनलाइन
मंगलबार, वैशाख १९ २०८००६:३७

एसिसी प्रिमियर कप क्रिकेट : नेपाल र यूएईबीचको बाँकी खेल आज हुँदै 

काठमाण्डौँ - एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको सोमबारको बाँकी फाइनल खेल आज हुँदैछ ।

हिजो सोमबारको खेल वर्षाले रोकिएपछि बाँकी खेल आज हुन लागेको हो । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

बाँकी खेल सोमबार रोकिएकै ओभरबाट सुरु हुनेछ । सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो ।

त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेनको थिएन । खेल रोकिनु अघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ५४ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरे । त्यस्तै आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाएका थिए ।

नेपालका लागि ललित राजबंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुईरदुई विकेट लिएका थिए । त्यस्तै गुल्शन झा र सोमपाल कामीका नाममा एकरएक विकेट लिएका थिए । उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।


  • सम्बन्धित विषय:

  • # एसिसी प्रिमियर कप क्रिकेट : नेपाल र यूएईबीचको बाँकी खेल आज हुँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend