असोज ३० गते २०८३ || October 16, 2026

कानुन व्यवसायीहरूको आन्दोलन आज पनि जारी 


पिपल अनलाइन
बिहीबार , वैशाख २१ २०८००६:२९

कानुन व्यवसायीहरूको आन्दोलन आज पनि जारी 

जनकपुरधाम -= जनकपुरधाममा कानुन व्यवसायीहरूको दबाबमूलक आन्दोलन तेस्रो दिन पनि जारी रहेको छ ।

समग्र न्यायपालिकामा भइरहेको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य तथा न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि विभिन्न ८ बुँदे मागसहित कानुन व्यवसायीहरूले बुधबार पनि नेपाल बार एसोसिएसन जनकपुरधामको मूलगेटमा धर्ना दिएका हुन् ।

समग्र न्यायपालिकाको सुधारका लागि दबाबमूलक आन्दोलन गर्ने केन्द्रीय बारको निर्णय अनुसार विभिन्न जिल्लामा आइतवारदेखि  सुरु गरिएको आन्दोलन नेपाल बार एसोसिएसन जनकपुरधामले तेश्रो दिन पनि जारी राखेका छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend