असोज ३० गते २०८३ || October 16, 2026

सुडानमा रहेका १३ नेपाली आइपुगे


पिपल अनलाइन
शुक्रबार, वैशाख २२ २०८००६:५२

सुडानमा रहेका १३ नेपाली आइपुगे

 काठमाडौँ - सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका १३ जना नेपाल आइपुगेका छन् ।

दूतावासको सम्पर्कमा रहेका ३१ जना मध्ये साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पु¥याइएका १९ जनामा १३ जना आज नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । छ जना रोजगारदाता कम्पनीको संयुक्त अरब इमिरेट्सको दुबइस्थित शाखामा स्थानान्तरण भएका छन् । चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपाली नागरिकको चीन सरकारको सहयोगमा यसअघि नै उद्धार भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend