कात्तिक १ गते २०८३ || October 17, 2026

बेलायती प्रधानमन्त्रीले दिए राजीनामा


बिहीबार , असार २३ २०७९०५:२८

बेलायती प्रधानमन्त्रीले  दिए राजीनामा

काठमाडौं - बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन् । उनले आफ्नो कन्जर्भेटिभ पार्टी नेताको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

पछिल्लो दुई दिनमा जोनसन मन्त्रिमण्डलका सदस्यहरुले धमाधम राजीनामा दिएपछि उनले पार्टी नेताको जिम्मेवारी छाडेका हुन् । यद्यपी आगामी २८ दिनसम्म जोनसन नै बेलायतको प्रधानमन्त्री रहनेछन् । कञ्जर्भेटिभ पार्टीले नयाँ नेताको निर्वाचन सकेपछि नयाँ प्रधानमन्त्री चयन हुनेछ ।

बेलायती वित्त मन्त्री ऋषी सुनक र स्वास्थ्य मन्त्री साजिद जाविद लगायतका ५० भन्दा बढी मन्त्रीहरुले राजीनामा गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # बेलायती प्रधानमन्त्री
  • # राजीनामा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend