कात्तिक १ गते २०८३ || October 17, 2026

नेपाल भ्रमणमा रहेका लिउले आज ओली, नेपाल र खनालसँग भेटवार्ता गर्ने


मंगलबार, असार २८ २०७९१०:४७

नेपाल भ्रमणमा रहेका लिउले आज ओली,  नेपाल र खनालसँग भेटवार्ता गर्ने

काठमाडौं - नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज पनि राजनीतिक भेटवार्तालाई निरन्तरता दिने भएका छन् । आइतवार ४ दिने भ्रमणका लागि नेपाल आएका जियानचाओले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीको निवास बालकोटमा लञ्चसहित जियानचाओको भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । उनले आजै दिउँसो एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र पूर्वप्रधानमन्त्री झलनाल खनाललाई पनि भेट्ने कार्यक्रम छ । भोलि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उनी स्वदेश फर्किने छन् ।

यसअघि हिजो जियानचाओले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए। जियानचाओले चीन नेपालमा लगानी गर्नका लागि इच्छुक रहेको भेटको क्रमम बताए।


  • सम्बन्धित विषय:

  • # लिउ जियानचाओ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend