असोज ३० गते २०८३ || October 16, 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति


पिपल अनलाइन
आइतबार, जेठ ७ २०८००५:५६

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

 काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

पक्राउ परेका १६ जनालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौं लगेको थियो । पीडितहरुले दिएको बयानका आधारमा प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, इन्द्रजित राई, खाँणका सयहोगी नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरीप्रहरी हिरासतमा छन् ।


  • सम्बन्धित विषय:

  • # नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend