कात्तिक १ गते २०८३ || October 17, 2026

चेन्नई आईपीएलको फाइनलमा


पिपल अनलाइन
बुधबार, जेठ १० २०८००६:३३

चेन्नई आईपीएलको फाइनलमा

काठमाडौँ - चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै चेन्नई आईपीएल २०२३ को फाइनल प्रवेश गरेको हो ।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निार्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। चेन्नईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात १ सय ५७ रनमा समेटिएको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend