असोज ३० गते २०८३ || October 16, 2026

एएफसी यू-२० महिला एसियन कपको दोस्रो चरण खेल्ने नेपाली टोली घोषणा


पिपल अनलाइन
शनिबार, जेठ १३ २०८००७:०६

एएफसी यू-२० महिला एसियन कपको दोस्रो चरण खेल्ने नेपाली टोली घोषणा

 काठमाण्डौँ - एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेल्ने नेपाली यू २० महिला टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक याम गुरुङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यसअघि नेपाली टोलीको कप्तान रहेकी प्रिति राई चोटका कारण टिममा छैनन् । उनले चोटका कारण ओलम्पिक क्वालिफायर अन्तर्गत भियतनाम विरुद्धको खेल गुमाएकी थिइन् ।

राष्ट्रिय टिमका सदस्यद्वय दिपा शाही र अमिसा कार्की भने यू २० टिममा समावेश छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend