कात्तिक १ गते २०८३ || October 17, 2026

सन्दीपविरूद्वको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा


पिपल अनलाइन
मंगलबार, जेठ १६ २०८०१२:३९

सन्दीपविरूद्वको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरूद्वको मुद्दाको आज फैसला हुँदैछ ।

काठमाडौं जिल्ला अदालतमा हुने फैसलाका लागि न्यायाधीस शंकर राईको इजलासमा पेसी तोकिएको छ । सन्दीप नाबालिका बलात्कारको आरोप खेपिरहेका छन् ।

आज फैसला भएको खण्डमा सन्दीप आजाद हुने वा जेल फर्किने निर्क्योल हुनेछ । पटक पटक विभिन्न कारण देखाउँदै मुद्दाको अन्तिम सुनुवाई हुन सकेको छैन । आज भने फैसला आउन सक्ने सम्भावना रहेको छ ।

यसअघिको सुनुवाईले सन्दीपविरूद्व उजुरी हाल्ने किशोरीको जन्म सम्बन्धी कागजात पुनस् झिकाउन अदालतले आदेश दिएको थियो ।
अदालतको आदेशसँगै किशोरीको वडा र जन्म भएको अस्पतालले जन्म सम्बन्धी कागजात पठाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend