कात्तिक १ गते २०८३ || October 17, 2026

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक


मंगलबार, साउन १७ २०७९०९:००

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक

इस्लामाबाद - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट क्रिप्टो स्क्यामरले ह्याक गरेका छन्।

पाकिस्तान तहरीक–ए–इन्साफ प्रमुखसमेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट मेटा–फेसबुक र इन्स्टाग्रामको मूल कम्पनीको सहयोगमा चाँडै रिकभर गरिएको पीटीआई सोसल मिडिया प्रमुख अर्सलान खालिदले बताए।

ह्याक भएपछि इमरान खानको एकाउन्ट आफूले अनुगमन गरेको खालिदले बताए। उनका अनुसार ह्याकरहरूले उनका ७.४ मिलियन फलोअर्ससँग क्रिप्टोकरेन्सी लिंक सेयर गरेका थिए। ह्याकरहरूले टेस्लाका प्रमुख कार्यकारी एलोन मस्कको ट्वीटको स्क्रिनसट पनि सेयर गरेका थिए।


  • सम्बन्धित विषय:

  • # इमरान खान


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend