असोज ३० गते २०८३ || October 16, 2026

वेस्ट इन्डिजद्वारा भारत ५ विकेटले पराजित


मंगलबार, साउन १७ २०७९०९:०५

वेस्ट इन्डिजद्वारा भारत ५ विकेटले पराजित

काठमाडौं - वेस्ट इन्डिजले दोस्रो टी २० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृंखला १–१ को बराबरीमा पुर्‍याएको छ। १३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ओपनर ब्रेन्डन किंगले सर्वाधिक ६८ रन बनाए । भारतका अर्शदीपसिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश खान र हार्दिक पान्ड्याले एक एक विकेट लिए।

त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको भारत १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो। भारतका हार्दिक पान्ड्याले सर्वाधिक ३१ रन बनाए। यस्तै, रविन्द्र जडेजाले २७ र ऋषभ पन्तले २४ रनको योगदान गरे।

बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याककोयको कीर्तिमानी ६ विकेटसँगै भारतका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन्।

यसअघि पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो। तेस्रो खेल मंगलबार हुनेछ।


  • सम्बन्धित विषय:

  • # दोस्रो टी २०


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend