काठमाडौं - सिर्जना ज्ञानसागर टेकन्दो दोझांगको आयोजनामा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएको छ । उक्त कार्यक्रम सिर्जना ज्ञानसागर टेकन्दो स्कुलका प्रिन्सिपल राजेन्द्र प्रसाद तथा आयोजक कमिटीका प्रमुख फिरोज श्रेष्ठको संयोजकत्व र कल्पना कार्कीको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा ८ वटा स्कुलका विद्यार्थीले सहभागिता जनाएका थिए । त्यसमध्ये प्रशिक्षक रमिला खत्रीको टिम आदर्श योगहरी स्कुल प्रथम भएको छ । त्यस्तै दोस्रोमा सिर्जना ज्ञानसागर सकुल र तेस्रो स्थानमा जेनिअस सकुलले उपाधि हात पारेका छन् ।
प्रशिक्षक खत्रीको टिमले धेरै विधामा उत्कृष्ट उपाधि हासिल गरेको छ । आदर्श योगहरी स्कुलका विजयी विद्यार्थीहरुको गोल्ड मेडलतर्फ रीतिका दर्नाल, राशना श्रेष्ठ, जस्मिन श्रेष्ठ, रोनिया परियार, दिप्सना डंगोल, नविन आवाशीय, प्रशान्त बस्नेत, मोनीश्री चन्द र दिपेश तामाङ रहेका छन् । यता सिल्भर मेडलतर्फ संयोग टि.खत्री, शिवानी श्रेष्ठ, आयुष्का पोखरेल, प्रान्जल दवाडी र निशान्त बस्नेत छन् भने ब्रोन्चतर्फ उत्सव परियार, नुमषा लिम्बु र जसोन वास्तोला रहेका छन् ।