कात्तिक १ गते २०८३ || October 17, 2026

लिग वान च्याम्पियन पिएसजी अन्तिम खेलमा पराजित


पिपल अनलाइन
आइतबार, जेठ २१ २०८००६:५५

लिग वान च्याम्पियन पिएसजी अन्तिम खेलमा पराजित

 काठमाण्डौँ - लिग वान च्याम्पियन भईसकेको पेरिस सेन्ट जर्मेन पिएसजी अन्तिम खेलमा पराजित भएको छ ।  

दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३-२ ले पराजित भएको हो। यद्धपी,लिग वानको उपाधी भने पिएसजीले उचालेको छ ।

शनिबार राति  पार्क डेस प्रिन्सेस खेल मैदानमा भएको खेलको १६औँ मिनेटमा सर्जियो रामोस रामोसले गोल गर्दै पिएसजीलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए र त्यसको केही मिनेटमा नै २१औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारिदिए। 

तर, २४ औँ मिनेटमा क्लेरमन्टफर्टका जोहान गास्टिनले गोल फर्काएपछि खेल २–१ को स्थितिमा रहन पुग्यो। पहिलो हाफको इन्ज्युरी समयमा मेदी जिफेनले गोल थपे पछि पहिलो हाफको खेल २–२ गोलको बराबरीमा टुंगियो।

उता, दोस्रो हाफको ६३ औँ मिनेटमा ग्रिजोन केयईले गोल गरे पछि पिएसजीलाई पछि पार्दै क्लेरमन्टफर्टले ३–२ को अग्रता लियो। त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी लिग वानको अन्तिम खेलमा पराजित हुन पुग्यो। पराजित अवस्थामा पिएसजीले लिग वानको उपाधी उचालेको छ। 

साथै, लियोनेल मेस्सी र रामोसको पिएसजीवाट यो अन्तिम खेल थियो किनभने मेस्सी र रामोसले यस सिजनबाट पिएसजी छाड्ने निर्णय यसअघि नै गरिसकेका छन्। मेस्सी साउदी क्लबसँग आबद्द हुने चर्चा परिचर्चाका बिचमा मेस्सीले  पिएसजीबाट अन्तिम खेल खेलेका छन् । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend