कात्तिक १ गते २०८३ || October 17, 2026

साफ च्याम्पियनसिपका लागि २३ सदस्सीय नेपाली टिमको घोषणा


पिपल अनलाइन
बिहीबार , जेठ २५ २०८००५:३०

साफ च्याम्पियनसिपका लागि २३ सदस्सीय नेपाली टिमको घोषणा

 काठमाडौँ - साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

भारतमा हुन गईरहेको साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको २३ सदस्सीय टोलीका घोषणा भएको हो । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । आगामी जुन २१ देखि जुलाई ४ सम्म सो च्याम्पियनसिप भारतमा हुदैँछ ।

नेपालले प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको नेपालले पहिलो खेल जुन २१ मा कुवेतविरुद्ध खेल्नेछ । 
नेपाली टिम 

गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

रक्षकः देवेन्द्र तामाङ, निशान्त खड्का, विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ,  रोहित चन्द, सिमान्त थापा

मिडफिल्डरः नविन लामा, मणिकुमार लामा,पुजन उपरकोटी, एरिक बिष्ट,  लाकेन लिम्बु, आभास लामिछाने

फरवार्डः  विमल घर्तीमगर,  नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, आयुश घलान


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend