कात्तिक ३ गते २०८३ || October 19, 2026

स्पेनिस ला लिगामा बार्सिलोनाको सानदार जित


सोमबार, भदौ १३ २०७९०८:३७

स्पेनिस ला लिगामा बार्सिलोनाको सानदार जित

एजेन्सी  - स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि ४-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने पेड्रो र सर्जी रोबर्टोले समान एक–एक गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल गरेको थियो ।

क्याम्प नोउमा भएको खेलको २४औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले राफिन्हाको पासमा गोल गरेका थिए । ४३औं मिनेटमा औसमाने डेम्वेलेको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

६४औं मिनेटमा लेवान्डोस्कीले डेम्वेलको पासमा गोल गर्दै ३–० को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए । तीन खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित रियल भालाडोलिड १ अंक जोडेर १९औं स्थानमा रहेको छ ।


  • सम्बन्धित विषय:

  • # बार्सिलोना


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend