असोज ३० गते २०८३ || October 16, 2026

महोत्तरी गौशाला नगर  कार्यालयमा तालाबन्दी !


पिपल अनलाइन
बिहीबार , जेठ ३२ २०८००३:५७

महोत्तरी गौशाला नगर  कार्यालयमा तालाबन्दी !

महोत्तरी - महोत्तरीको गौशाला नगरपालिकामा तालाबन्दि भएको छ ।  शिक्षक सरुवा तथा कनिष्ठ शिक्षक ल्याउन लागेको भन्दै सोहि नगरपालिकाका बिद्यार्थीहरुले तालाबन्दि गरेका हुन् । 
तालाबन्दिपछि बिद्यार्थी संगठनले एक ज्ञापनपत्र समेत बुझाएका छन् । 

354442866_581800470736776_7490399193490661360_n.jpg
undefined

 कार्यालयमा पुगेर पटक पटक समस्या समाधानका लागि आग्रह गर्दा पनि त्यसलाई बेवास्ता गरेकाले बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको बिद्यार्थीहरुको भनाई छ । उनीहरु भन्छन्-'हामीलाई हाम्रो राम्रो  शिक्षक हुँदा हुँदै सरुवा गरेर बोली नबुझ्ने शिक्षक ल्याउन लागेकोले हामीले यो कदम चालेका हौँ, हाम्रो माग पूरा नगरे सम्म ताला खोल्दैनौँ ।'

तालाबन्दि पछि धर्ना दिँदै नितेश कुमार महरा भन्छन्-'शिक्षामा गुणस्तर भएन, अहिले पढाईरहेको शिक्षकलाई सरुवा गरेर अर्को शिक्षक आउँदा शिक्षाको गुणस्तरमा झन् असर गर्छ, त्यस कारणपनि हामी आन्दोलनमा छौँ ।' बिद्यालयको आन्दोलनलाई छिटो निर्णयमा पुराउने सरोकार समितीले बताएको छ । 

नगरपालिकाको मूलढोकामा तालाबन्दी भएपछि सेवाग्राही मर्कामा परेका छन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend