असोज ३० गते २०८३ || October 16, 2026

आइसीसी विश्वकप छनोट : करण केसीले लिए ४ विकेट


पिपल अनलाइन
मंगलबार, असार ५ २०८००२:१६

आइसीसी विश्वकप छनोट : करण केसीले लिए ४ विकेट

काठमाडौँ - आइसीसी विश्वकप छनोटमा अमेरिकाविरुद्धको खेलमा नेपाली बलर करण केसीले ४ विकेट लिएका छन् ।

अमेरिकाको इनिङको पावरप्ले समेत नसकिँदै करणले ४ विकेट लिएका हुन् । यससँगै अमेरिका ब्याकफुटमा पुगेको छ ।

करणले पहिले स्टिभन टेलरलाई एलबीडब्लु आउट गरे । त्यसपछि साइतेजा मुकामल्लालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।

तेस्रो विकेटको रुपमा उनले कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए भने चौथो विकेटको रुपमा नोस्थुस केन्जीगेलाई आरिफ शेखको हातबाट क्याच आउट गराए । १० ओभरको खेल सकिँदासम्म ४ विकेटको क्षतिमा मात्रै १९ रन बनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend