असोज ३० गते २०८३ || October 16, 2026

साफ च्याम्पियनसिपमा कुवेत र भारतको बराबरी 


पिपल अनलाइन
बुधबार, असार १३ २०८००६:४९

साफ च्याम्पियनसिपमा कुवेत र भारतको बराबरी 

काठमाण्डौँ - साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा घरेलु टोली भारतले कुवेतसँग बराबरी खेलेको छ ।

खेलको पहिलो हाफमा कप्तान सुनिल क्षेत्रीले गोल गरी अग्रता लिए पनि भारतले अग्रता जोगाउन सकेन ।

इन्जुरी समयमा अनवर अलिले आत्मघाती गोल गरेपछि खेल एक–एकको बराबरी भएको थियो ।

बराबरीपछि कुवेत समूह ‘ए’ को विजेता र भारत उपविजेता बनेको छ । कुवेत र भारत यसअघि नै सेमिफाइनल पुगिसकेका थिए ।

समूह चरणबाट बाहिरिसकेका दुई टोली नेपाल र पाकिस्तानबीच हिजो भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको थियो ।


  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिपमा कुवेत र भारतको बराबरी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend