असोज ३० गते २०८३ || October 16, 2026

साफ च्याम्पियनसिप : आमन्त्रित दुबै अरेबियन टोली सहित भारत र बंगलादेश सेमिफाइनलमा


पिपल अनलाइन
बिहीबार , असार १४ २०८००६:१५

साफ च्याम्पियनसिप : आमन्त्रित दुबै अरेबियन टोली सहित भारत र बंगलादेश सेमिफाइनलमा

 काठमाडौँ - साफ च्याम्पियनसिप फुटबलको सेमिफाइन समिकरण पुरा  भएको छ । बुधबार भएको समूह ‘बी’ को खेलमा १४ वर्षपछि बंगलादेशले अन्तिम चारको यात्रा तय गर्दा साफमा आमन्त्रित दुबै अरेबियन टोलीले अन्तिम चारमा स्थान बनाए । दक्षिण एसियाका दाबेदार नेपाल र माल्दीभ्सले भने समूहचरण पार गर्न सकेनन् । 

साफको सेमिफाइनलमा साविक विजेता तथा आयोजक भारत र कुवेत समूह ‘ए’ बाट अन्तिम चारमा स्थान बनाउँद समूह ‘बी’ बाट लेबनान र बंगलादेशले अन्तिम चारको यात्रा तय गरेका हुन् । बैंगलोर स्थित कान्तिरभा स्टेडियममा भएको खेलमा भुटानलाई ३,१ ले पराजित गर्दै बंगलादेश समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो ।


  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिप : आमन्त्रित दुबै अरेबियन टोली सहित भारत र बंगलादेश सेमिफाइनलमा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend