असोज २९ गते २०८३ || October 15, 2026

पाकिस्तानको एक घरमा आक्रमण, नौ जनाको मृत्यु


पिपल अनलाइन
बिहीबार , असार १४ २०८००६:३३

पाकिस्तानको एक घरमा आक्रमण, नौ जनाको मृत्यु

 काठमाण्डौँ - पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै केही व्यक्तिले एक घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा एकै परिवारका सबै व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारीले बताए । 


  • सम्बन्धित विषय:

  • # पाकिस्तानको एक घरमा आक्रमण, नौ जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend