असोज २९ गते २०८३ || October 15, 2026

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु


पिपल अनलाइन
बिहीबार , असार १४ २०८००८:०८

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु

काठमाडौँ - साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ ।

समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिरामा उल्लेख छ ।

मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलेको छैन । 


  • सम्बन्धित विषय:

  • # साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend