कात्तिक ३ गते २०८३ || October 19, 2026

साफ च्याम्पियनसिप : बंगलादेशसँग नेपाल ३-१ ले पराजित


सोमबार, असोज ३ २०७९१०:११

साफ च्याम्पियनसिप : बंगलादेशसँग नेपाल ३-१ ले पराजित

काठमाडौँ - नेपालले साफ च्याम्पियनसिपमा इतिहास बनाउने अवसर गुमाएको छ। दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा बंगलादेशसँग नेपाल ३-१ गोलले पराजित बन्न पुगेको छ।

पहिलो हाफमा दुई गोलले पछि परेको नेपाल दोस्रो हाफको ७०औं मिनेटमा अनिता बस्नेतको गोलबाट आशा जगाएको थियो। तर त्यसको केही मिनेटमै बंगलादेशले तेस्रो गोल गरेको थियो।

अन्तिम समयसम्मै बंगलादेशलाई दबाबमा राखेको नेपालले गोल भने गर्न सकेन। नेपाल पहिलोपटक बंगलादेशससँग पराजित भएको हो। यसअघिका ८ खेलमा नेपालले ६ खेल जितेको थियो भने २ खेल बराबरीमा टुंगिएको थियो। यस खेलसँगै बंगलादेशले पहिलो महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ।


  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिप
  • # बंगलादेशसँ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend