असोज ३० गते २०८३ || October 16, 2026

विश्वकप छनोट सुपर सिक्समा आज वेस्टइन्डिज र स्कटल्याण्ड खेल्दै


पिपल अनलाइन
शनिबार, असार १६ २०८००८:५५

विश्वकप छनोट सुपर सिक्समा आज वेस्टइन्डिज र स्कटल्याण्ड खेल्दै

काठमाण्डौँ - आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्समा आज वेस्टइन्डिज र स्कटल्याण्ड खेल्दैछन् । खेल जिम्बावेको हरारेमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

वेस्टइन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो । तर वेस्टइन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नपुग्ने उच्च सम्भावना छ । समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिज सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित भएपछि विश्वकप यात्रा निकै कठिन बनेको हो ।

वेस्टइन्डिजले समूह चरणमा नेपाल र अमेरिकालाई हराएको थियो भने जिम्बावे र नेदरल्यान्ड्ससँग पराजित भएको हो । 


  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट सुपर सिक्समा आज वेस्टइन्डिज र स्कटल्याण्ड खेल्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend