असोज २९ गते २०८३ || October 15, 2026

अविरल वर्षाका कारण गुजरातमा १२ जनाको मृत्यु


पिपल अनलाइन
आइतबार, असार १७ २०८००३:४७

अविरल वर्षाका कारण गुजरातमा १२ जनाको मृत्यु

काठमाण्डौँ - भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ ।

प्राकृतिक विपत्तिबाट धेरैको जीवनमा प्रतिकूल असर परेको स्थानीय सञ्चारमाध्यमले आइतबार उल्लेख गरेका छन् । मृत्यु हुनेमा जामनगर जिल्लाका मात्रै ६ जना रहेका छन् ।

मृत्यु हुने अन्य व्यक्तिहरू अमरेली, बोटाड र आनन्दका स्तानीय रहेको बताइएको छ । जामनगरका तल्लो क्षेत्रहरू डुबानमा परेकाले मानिसहरू घरभित्रै थुनिएका छन् । जामनगर जिल्लाको भिसावदार क्षेत्रमा शुक्रबार ३४९ मिलिमिटर वर्षा भएको छ । लगातारको वर्षाका कारण गुजरातमा नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहँदा स्थानीयहरूमा त्रास बढेको छ ।


  • सम्बन्धित विषय:

  • # अविरल वर्षाका कारण गुजरातमा १२ जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend