असोज ३० गते २०८३ || October 16, 2026

साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र कुवेत भिड्दै


पिपल अनलाइन
मंगलबार, असार १९ २०८००७:४३

साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र कुवेत भिड्दै

 काठमाडौँ - साफ च्याम्पियनसिप २०२३ को उपाधिका लागि घरेलु टोली भारत र कुवेथ आज आज भिड्दैछन् ।
बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा  भारत र कुवेतबिचको फाइनल खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दुवै टोली फाइनलसम्म आइपुग्दा अपराजित छन् । यस पटकदेखि दक्षिण एसियाली फुटबल महासंघ साफले साफ च्याम्पियनसिपलाई अझ प्रतिस्पर्धात्मक बनाउन दक्षिण एसिया बाहिरका दुई टोलीला आमन्त्रण गरेको थियो । जसमा कुवेत र लेबनानले पहिलो पटक साफ खेलेका थिए । कुवेत पहिलो सहभागितामै प्रतियोगिताको फाइनल पुगेको हो ।


  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र कुवेत भिड्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend