कात्तिक ३ गते २०८३ || October 19, 2026

अफगानिस्तानमा पाँच अपहरणकारी पक्राउ


सोमबार, कात्तिक २१ २०७९०९:४५

अफगानिस्तानमा पाँच अपहरणकारी पक्राउ

काठमाडौं - अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा पाँच अपहरणकारीहरूको समूहलाई पक्राउ गरी एक व्यक्तिलाई बन्धकबाट उद्धार गरेको प्रान्तीय प्रशासनले सोमबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, सुरक्षा बलले आइतबार गिरोहको कब्जाबाट हातहतियार र गोलीबारुका साथै तीनवटा सवारी साधन समेत बरामद गरेको छ।

राजधानी काबुलमा यस्तै अपरेसनमा सुरक्षाकर्मीहरूले दुई महिना अघि पाँच व्यक्तिको अपहरण र उनीहरूको परिवारबाट फिरौती असुल्ने आठ अपहरणकारीहरूको समूहलाई पक्राउ गरेको थियो।


  • सम्बन्धित विषय:

  • # अफगान सेना


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend