कात्तिक १ गते २०८३ || October 17, 2026

मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपाल र बङ्लादेश खेल्दै


पिपल अनलाइन
बिहीबार , असार २८ २०८००६:३७

मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपाल र बङ्लादेश खेल्दै

 काठमाण्डौँ - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्दैछ ।

नेपाल र बङ्लादेशबीचको खेल ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा बेलुका पौने ६ बजे सुरु हुनेछ । गएको वर्ष भदौमा काठमाण्डौमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल र बङ्लादेशले एक अर्काबीच मैत्रीपूर्ण दुई खेल खेल्न लागेका हुन् ।

पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्दा बङ्लादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् ।


  • सम्बन्धित विषय:

  • # मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपाल र बङ्लादेश खेल्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend