कात्तिक १ गते २०८३ || October 17, 2026

पाकिस्तानसँगकाे मैत्रीपूर्ण खेलमा नेपाल विजयी


बुधबार, कात्तिक ३० २०७९१०:२९

पाकिस्तानसँगकाे मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाण्डाै - पाकिस्तानसँगकाे मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएकाे छ । बुधवार दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले पाकिस्तानलाई एक–शून्य गाेलले हरायाे ।

नेपालकाे जितमा अञ्जन विष्टले गाेल गरे । उनले खेलकाे ८३ औँ मिनेटमा गाेल गरे । अञ्जनले सुनिल बलको क्रस पासमा गाेल गरेका हुन् । उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो ।

गाेल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलाे कार्ड देखाएका थिए । विश्व फुटबल महासङ्घ (फिफा) ले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेलेकाे हाे ।

याेसँगै नेपाल र पाकिस्तानबीच अहिलेसम्म १८ वटा खेल भएकाे छ । जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ । नेपाली पुरुष फुटबल टोलीले आज दशरथ रङ्गशालामा ५० औँ अन्तर्राष्ट्रिय खेल खेलेकाे हो ।


  • सम्बन्धित विषय:

  • # खेल
  • # नेपाल विजयी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend