असोज २९ गते २०८३ || October 15, 2026

भारतमा हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको मृत्यु


पिपल अनलाइन
आइतबार, असार ३१ २०८००६:५०

भारतमा हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको मृत्यु

काठमाडौँ - भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको मृत्यु भएको छ ।

उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति करिब आठ बजे यो घटना भएको हो । बोलबम यात्रीहरु सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो ।

करेन्ट लाग्दा १० जना गम्भीर घाइते भएका थिए । तीमध्ये ५ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेरठ डिस्ट्रिक मजिष्ट्रेट दीपक मिणाले जानकारी दिएका छन् । अन्य ५ जना घाइतेहरुको गम्भीर अवस्थामा उपचार जारी छ । यसअघि गत शुक्रबार र शनिबार पनि भारतको मुजफ्फरनगर जिल्लामा भएका अलग(अलग सवारी दुर्घटनामा ४ जना बोलबम यात्रुको मृत्यु भएको थियो ।


  • सम्बन्धित विषय:

  • # भारतमा हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend